Nepal's First Video FM

बलिउड अभिनेता गोविन्दा स-परिवार नेपाल आउँदै, ३ दिनको नेपाल बसाईमा होटल बस्लान् कि ससुरालि !

1,458

चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । भाद्र ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन् ।

सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले दिएको जनकारी अनुसार गोबिन्दा ३० गते शनिबार नेपाल आउनेछन् । गोविन्दासँगै उनको छोरा यश पनि नेपाल आउनेछन् । गोविन्दा नेपाल आउनु भन्दा एक दिन अगावै उनकी धर्मपत्नि सुनिता र छोरी टिना नेपाल आउने तय भएको छ ।

गोविन्दाको नेपाल बसाई ३ दिनका हुनेछ । गोबिन्दाको ससुराल नेपालमै हो । उनको श्रीमती सुनिताको माइती ललितपुरको गोदावारीमा रहेको छ । पहिलो संस्करणमा बलिउड अभिनेता सत्रुघन सिन्हा र दोस्रो संस्करणमा माला सिन्हा र सिपी लोहनी अवार्डमा सहभागी थिए ।

गोविन्दा नेपाल आएको मौकामा पशुपतीनाथको पनि दर्शन गर्नेछन् । यसैबिच एलजी सिनेमा सर्कल अवार्ड २०७५ का लागि २३ बिधामा उत्कृष्टहरुको मनोनयन समेत सार्वजनिक गरिएको छ ।

२०७४ बैशाख १ गते देख चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्येबाट अवार्डमा सहभागी ६३ का आधारमा उतकृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।

You might also like

Comments are closed.