Nepal's First Video FM

श्रीमानले आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

573

माघ २९, श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको छ ।

धनुषा सिरेश्वर नगरपालिका-८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्ध विच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.