Nepal's First Video FM

निर्मला हत्या प्रकरणमा नयाँ मोड : छानबिन समितिका सदस्यले नै दिए राजीनामा

497

भदौ २५, निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्रबहादुर केसीले राजीनामा दिएका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रहेका केसीले रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिको सदस्यबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

उच्चस्तरिय छानबिन समितिको अनुसन्धानमाथि असन्तुष्टि जनाएका केसीले सोमबार लिखितरुपमा राजीनामा दिँदै आफू त्यस समितिमा नरहेको घोषणा गरेका हुन् ।

केसीले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाएका छन् । निर्मलालाई न्यायका लागि दबाब दिन आफूले समितिबाट राजीनामा दिएको पत्ररकार सम्मेलनमा बताए । केसीले राजीनामा पत्र हुलाकबाट सरकारलाई पठाएर समितिमा नरहेको जानकारी गराइएसकेको पनि पत्रकारहरुलाई बताए ।

सरकारले निर्मला हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति बनाएको थियो ।

You might also like

Comments are closed.