Nepal's First Video FM

दोहारो अङ्कले घटेको शेयर बजार सोमबार पनि लाग्यो पुनः ओरालो

733

भदौ २५, धितोपत्र बजार सोमबार पनि पुनः ओरालो लागेको छ । आइतबार दोहारो अङ्कले घटेको बजार सोमबार ८.१ बिन्दुले घटेर एक हजार २ सय १० मा झरेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६.१६ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १ सय ६२ कम्पनीको ११ लाख ५९ हजार २ सय ७२ कित्ता शेयर रु २७ करोड ७४ लाख २२ हजार ९ सय ६७ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपसमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन २४.६८ र माइक्रोफाइनान्स १३.३१ बिन्दुले बढेको छ ।

यस्तै, बैंकिङ ९.६३, होटल ४५.९५, विकास बैंक १०.२८, जलविद्युत् १०.७५, फाइनान्स ३.३२, निर्जीवन बीमा ५८.५९, अन्य ३.६७ र जीवन बीमा २०.१८ बिन्दुले घटेको छ ।

You might also like

Comments are closed.