भदौ २५, आउँदो फागुन ३ गतेबाट चलचित्र ‘बुलबुल’ मुलुकभर प्रदर्शनको तयारी भईरहेको छ । चलचित्र निर्माण युनिटका अनुसार ‘भ्यालेन्टाईन्स डे’को भोलि फागुन ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ ।
अहिलेकी ‘मोस्ट डिमान्डेड’ अभिनेत्री स्वस्तिमा खड्को मुख्य भूमिका रहेको ‘बुलबुल’लाई ‘साँघुरो’ का लेखक विनोद पौडेलले निर्देशन गरेका छन् । पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो ।
आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैं-तिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं, ’पौडेलले भने ।
‘कुटुमा कुट’ गर्ल स्वस्तिमालाई महिला टेम्पो चालकको कथामा ढालेर चलचित्र तयार भएको निर्देशक पौडेलले जानकारी दिए । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।
फिल्ममा स्वस्तिमा सँगै लक्ष्मी बर्देवा, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे लगायतका कलाकारहरुको ‘बुलबुल’ मा मुख्य भुमिका रहेको छ ।
बुलबुलमा रजिना रिमाल र निर्देशक निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । अविरल थापा पुरुषोत्तम पाण्डे, भिम थापा र राजु पौडल संयुक्त रुपमा चलचित्र निर्माण गरेका हुन् । ‘बुलबुल’मा सुसन प्रजापतिको सिनेमाटोग्राफी गरेका छन् भने उद्गम परियार र कोशिश क्षेत्रीको म्युजिक रहेको छ ।
Comments are closed.