Nepal's First Video FM

बिहानै मात्र भनेका थिए ‘काठमाडौं आउँदैछु’ आखिर त्यही नै हुन पुग्यो उनको अन्तिम संवाद !

928

भदौ २५, काठमाडौं । भदौ २३ गते बिहान गोरखाबाट उडेको अल्टिच्युड एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको खबर सञ्चारमाध्यले एकाएक सम्प्रेषण गर्न थाले । ८ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनुपर्ने हेलिकोप्टर बेपत्ता भएको सूचना आएपछि खोजी थालियो ।

अन्तत: दिउँसो दुर्घटनाग्रस्त अवस्था फेला पर्‍यो नुवाकोटको मेधाङ गाउँपालिकका १ मैलुङपाखास्थित जंगलमा । चालकसहित ७ जना उडेकोमा ६ जनाले ज्यान गुमाए । महिला यात्रु आनी डोल्मा घाइते अवस्थामा फेला परिन् । उनको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा पाइलट निश्चल केसीले पनि ज्यान गुमाएका छन् । जो दुई दशकभन्दा बढी समयदेखि हवाई उडानमा आबद्ध थिए । काभ्रेको पनौती पुर्खौली घर भएका केसीको घर काठमाडौंको बानेश्वरमा छ । उनका श्रीमती, एक छोरा एक छोरी छन् ।

सन् १९९४/९५ देखि उनले एभरेस्ट एयरबाट हवाई सेवा सुरु गरेका हुन् । उनी एमआई १७ चलाउँथे । यसपछि श्री एयरको एमआई १७ हेलिकोप्टर पनि उडाए । उनले साना हेलिकोप्टरमा प्रवेश भने एयर डायग्नेस्टिकबाट गरेका हुन् ।

यसबीच उनले मनाङ एयर, सिम्रिम एयर, एभरेस्टमा लगायत हेलिकोप्टर चलाउँदै आएका थिए । सहकर्मीहरुका अनुसार पाइलट केसी बिनाप्लान हेलिकोप्टर उडाउँदैन थिए । तर, दुर्भाग्य आज उनैले ज्यन गुमाउनुपरेको छ ।

मिलनसार, इमानदार र साथीभाइसँग कहिले रिसाउँदैन थिए,’ उनीसँगै एभरेस्ट एयरमा प्रवेश गरेका (हाल मनाङ एयरका) राजु न्यौपानेले सम्झिए, ‘कसैले केही भनेमा मुसुक्क हाँस्ने र जुरुक्क उठेर हिँड्ने स्वाभाव थियो ।’

२० वर्षदेखि केसीसँगै काम गरेका सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्ज्वल थापा यो खबर सुनेदेखि केही सोच्नै सकेका छैनन् । ‘दक्ष भरपर्दा पाइलट थिए निश्चल ।

उनले संक्षिप्तमा भने, ‘आज बिहान मात्रै ‘गोरखाबाट काठमाडौं आउँदैछु’ भनेर सन्देश पठाएका थिए । मैले ‘शुभयात्रा’ भनेँ । आखिर त्यही नै अन्तिम संवाद हुन पुग्यो ।’ केसीले हालसम्म ८ हजार घन्टाभन्दा बढी विभिन्न जहाज उडाएका थिए ।

You might also like

Comments are closed.