Nepal's First Video FM

ग्यास सिलिण्डर पड्किएर काठमाडौंको ज्याठास्थित एक घरमा आगलागी

862

काठमाडौंको ज्याठास्थित एक घरमा आगलागी भएको छ ।

ज्याठा चोकमा रहेको सुनीलमान स्थापितको ६ तल्ले घरमा राति २ बजेतिर ग्यास सिलिण्डर पड्किएर भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी परिषरले जानकारी दिएको छ । त्यस घरमा रहेको हिमालय ट्रेकिङ अफिसको किचनमा रहेको ग्यास सिलिण्डर विष्फोट भइ आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

अहिले सेृना, प्रहरी, एपीएफ र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । काठमाडौं,ललितपुर र सुरक्षा निकायको दमकल परिचालन गरिएको छ भने विपत ब्यबस्थापनको टोली पनि परिचालन गरिएको छ । आगलागी सुरु भएपछि त्यस क्षेत्रको बिद्युत आपूर्ति पनि बन्द छ ।

You might also like

Comments are closed.