Nepal's First Video FM

निर्मला हत्या प्रकरण : छानबिन समिति सदस्यकै ज्यान जाेखिममा, जीवन रक्षाको अपिल

621

१३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिँदै हत्याराबाट आफू र आफ्नो परिवारमाथि खतरा हुन सक्ने भन्दै जीवन रक्षाको माग गरेका छन् ।

‘१५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले अनुसन्धान टुंग्याइसकेको अवस्थामा थप १५ दिन समितिको म्याद थपिनु निर्मलामाथि न्याय नहुनु हो’ भन्ने निष्कर्षसहित उनले रिर्पोटर्स क्लबमा एक पत्रकार सम्मेलन गरी राजीनमा दिएकाे खबर नयाँ पत्रिकामा छ ।

‘घटनाको छानविनको क्रममा सत्य तथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवर्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाका लागि सहयोगको अपिल गर्दछु’ उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । news24

You might also like

Comments are closed.