माघ २९, एजेन्सी । दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ । गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४ सय ३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन् ।
हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ ।
उसले तत्काल हैजा नियन्त्रणका लागि विषेश पहल गर्न अधिकारीहरुलाई आग्रह पनि गरेको समाचारमा जनाइएको छ । मालवीका लागि युनिसेफका प्रतिनिधि जेहनेस वेडेनिङले सफा र उपभोग गर्न योग्य पानीको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह गरेको छ । रासस
Comments are closed.