भदौ २६, तीजकाे दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि अाउने भक्तजनकाे भीडलार्इ लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले साे क्षेत्र र अासपासका सडकमा सवारी प्रवेश निषेध गरेकाे छ ।
पशुपति क्षेत्र र अासपासका रुट हुँदै चल्ने सवारी साधनका विभिन्न ठाउँमा अवरुद्ध हुने भएकाेले ती रुटहरुमा चल्ने सवारी साधनका लाथि महाशाखाले नयाँ रुट व्यवस्थापन गरेको छ । तीजकाे दिन चाबहिलदेखि तीलगंगासम्मकाे चक्रपथ समेत अवरुद्ध हुनेछ ।
महाशाखाले बागमती करिडोरका केही रुटमा पूर्ण प्रतिबन्ध तथा अन्य केही रुटमा निश्चित स्थानसम्म मात्रै सवारी प्रवेशकाे व्यवस्था गरेकाे छ ।
महाशाखाले गरेकाे नयाँ रुट व्यवस्थापन अनुसार तीजकाे दिन रातोपुल-गौशाला-चाबहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क-भोटाहिटी-जमल हुँदै लाजिम्पाट-नारायणगोपाल चोकदेखि चाबहिल हुँदै बाैद्धतर्फ जान पाउनेछन् ।
यसैगरी नयाँबानेश्वर-तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क-भद्रकाली-माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरिएको छ ।
यसैगरी श्ंखमूल-नयाँबानेश्वर हुँदै पुरानो बानेश्वरबाट गाैशाला निस्कने सवारी साधनलार्इ पुरानो बानेश्वरबाट सेतोपुलतर्फ डाइभर्ट गरी धाेबिखाेला करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ ।
उता तीनकुनेबाट गौशाला भएर चल्ने मालवाहक सवारी साधनलाई तीजकाे दिन दिनभरि नै निषेध गरिएकाे छ, यस्ता सवारीलार्इ वैकल्पिक रुट दिइएकाे छैन ।
रातोपलु-गौशाला हुँदै चल्ने माइक्रो बस र टेम्पोहरूलाई भने रत्नपार्क-भद्रकाली-जमल हुँदै सानो गौचरण-कालोपुल-सिफल र त्यहाँबाट चाबहिल निस्कने व्यवस्था गरिएकाे छ ।
तीजकाे दिन पशुपति मन्दिरमा भक्तालु एवं दर्शनार्थीकाे भीड हुने भएकाले साेकाे व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास काेषले अावश्यक तयारी गरिसकेकाे जनाएकाे छ ।
काेषले दर्शनार्थी एवं तीर्थयात्री र पर्यटकका तिलगंगामा पार्किङको व्यवस्था गरेको छ भने सरकारी सवारीसाधनलाई प्रहरी प्रभाव गौशालामा पार्किङको व्यवस्था गरिएको जनाएकाे छ ।
Comments are closed.