हट सिनका कारण चर्चामा रहेको फिल्म ‘कथा काठमाण्डु’को अहिले निक्कै चर्चामा रहेको छ । यसको टिजर अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ ।
युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा ठेस पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।
नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिवबिचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो फिल्मलाई विवादमा ल्याएको हो । यदि, प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ । यो फिल्म असोज १२ गतेबाट चलचित्र रिलिज हुँदैछ ।
Comments are closed.