Nepal's First Video FM

अाज भाद्र २८ गते बिहिबार, ज्याेतिषीले भने अनुसार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै (बिस्तृतमा पढ्नुहोस् )

470

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । विद्याको क्षेत्र सबल रहने छ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत बढ्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ । धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्था बाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । कष्टकर यात्रा गर्नुपर्ला ।

hamro patro

You might also like

Comments are closed.