भदौ २८, काठमाडौं उपत्यकामा माेनाेरेल सञ्चालन गर्ने बारे काठमाडौं/ललितपुर महानगरपालिका र चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) का महाप्रबन्धक बीच हस्ताक्षर भएको छ ।
प्रारम्भिक सम्भाव्यता प्रतिवेदनमा मेयरद्वय विद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन र सिआरसिसीका महाप्रबन्धक झाउ सिआओ बीच बिहिबार हस्ताक्षर भएको हो ।
१ खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनोरेलका लागि आवश्यक संरचना ३ वर्षमा निर्माण गरिने सम्झौता भएको छ । चीनकाे कम्पनीले बनाएर केही समय चलाएर हस्तान्तरण गर्ने सहमति भएको छ । तीन चरणमा निर्माण गर्नेगरी सम्झौता भएको मेयर महर्जनले जानकारी दिए ।
६ महिनामा डिपिअार बन्ने, त्यसकाे ६ महिनापछि काम सुरु गर्ने र त्यसपछिकाे ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलाेमिटर गतिमा गुड्नेछ । जुन एक पटकमा ३ हजार यात्रु बाेक्ने क्षमताको रहनेछ ।
प्राविधिक, भाैगाेलिक, वातावरणीय र अार्थिक रुपमा सम्भाव्यताका लागि तीन खण्ड छुट्याइएको छ । जसमा काेटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-काेटेश्वर रहेका छन् ।
Comments are closed.