भदौ २८, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिहीबार काठमाडौं लगिएको छ । बिहीबार दाङबाट उनलाई काठमाडौंतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
शुक्रबार भोजपुरबाट दाङ ल्याइएका उनलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाइएको उपरीक्षक शर्माले बताए । प्रवक्ता विश्वकर्माको डायरीमा दाङ, तुलसीपुरको घटनाबारेमा उल्लेख गरिएको भेटिएको भन्दै थप अनुसन्धानका लागि उनलाई दाङ ल्याइएको थियो ।
विश्वकर्माका विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिन तोकेको थियो । त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेको हो । तर, अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताए ।
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनताका नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई बिथोल्न तुलसीपुरमा बम विस्फोट गरिएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो । सोही घटनामा संलग्न भएको आरोप प्रवक्ता विश्वकर्मामाथि लगाइएको छ ।
Comments are closed.