Nepal's First Video FM

त्रिशुलीमा हाम फालेर एक महिला बेपत्ता

747

भदौ २८, चितवनको कुरिनटारमा त्रिशुलीमा हाम फालेर एक महिला वेपत्ता भएकी छन् । इच्छाकामना गाउँपालिका ४ मा पर्ने मनकामना केबलकार स्टेसन नजिकैको पुलबाट नदीमा हाम फालेर सिन्धुलीको दुधौली नगरपालिका २ भुलवाही घर भई काठमाडौं बस्ने २७ बर्षकी दीक्षा खनाल बेपत्ता भएकी हुन् ।

उनी बुधबार श्रीमान कुशल पौडेल ३ वर्षका छोरासँगै कुरिनटार आएकी थिइन् । छोरा हार्दिक पौडेललाई केबलकार रेष्टुरेन्टमा छाडेर त्रिशुलीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बेपत्ता दीक्षाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वेपत्ता महिलाको खोजीका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको टोली खटिएको छ ।

You might also like

Comments are closed.