Nepal's First Video FM

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ पोस्टर सार्वजनिक

675

असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का दुई नयाँ पोस्टर रिलिज भएका छन् । रेनशा वान्तवा राई निर्देशित फिल्मका ‘इन्टु मिन्टु लण्डनमा’का दुई फरक-फरक पोस्टर सार्वजनिक छन् ।

सार्वजनिक एक पोस्टरमा इन्टु अर्थात् नव नायक धिरज मगरको काँधमा मिन्टु अर्थात् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले टाउको राखेकी छिन् ।
फिल्मको अर्को पोस्टरमा इन्टुमिन्टुसँगै अर्का नायक शारुक ताम्रकार, अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा र दिलभूषण पाठक प्रस्तुत छन् । आइकोर फिल्मको प्रस्तुती रहेको छ । कोरियोग्राफी बाट फिल्म निर्देशनमा हात बढाएकी रेनशा राईको फिल्म गीत, संगीत र प्रोमोका कारण चर्चामा छ ।

You might also like

Comments are closed.