मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यापारमा मनग्ये धनलाभ हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट सहयोग मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । शुभ समाचार सुन्न पाइएला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आस मारेको काम बन्नेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । जीवनसाथी संग राय बाजिने छ । प्रेममा मतभेद बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । मनमा वैराग्यको भावना पलाउन सक्छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त तथा साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । रोमाञ्चक यात्रा होला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
Comments are closed.