भदौ २९, अभिनेता भुवन केसीकी पूर्वपत्नी तथा अहिलेका युवा स्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् । उनले दक्षिण भारतीय नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
गत ९ सेप्टेम्बरमा आफुले स्वामीसँग इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छन् । दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका स्वामी पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका छन् । किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।
‘एक वर्ष अगाडि देखिको प्रेम अहिले विवाहमा परिणत गर्न लागेका हौँ,’ सुस्मिताले भनिन्, ‘पारिवारिक सहमतिमा नै स्वामीसँग इन्गेजमेन्ट भएको हो । यसमा अनमोलको पनि सहमति रहेको छ ।’ सुस्मिताले आगामी भ्यालेन्टाइम डेमा बिबाह गर्ने समेत जानकारी दिइन् ।
अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टीएपछि एक्लै बस्दै आएकी सुस्मिताले दुई वर्ष अगाडि ‘म त तिम्रै हुँ’ चलचित्र निर्माण समेत गरेकी थिइन् । चलचित्रले राम्रो ब्यवसाय नगरेपछि अहिले गुमनाम रहेकी सुस्मिता डेरामा बस्दै आइरहेकी थिइन् ।
भुवनसँग रहँदा उनले ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्र अभिनय गरेकी छन् । भुवनको ‘एक्सट्रा म्यारिटल अफेयर’ का कारण उनले डिर्भोस गरेकी थिइन् ।
सुस्मितासँग छुट्टिए पछि भुवन पनि एटिएम गर्ल अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा रहेको चर्चा छ । अनमोल पनि भुवनसँगै बस्ने भएकोले आफूले एक्लो भएको कारणले बिबाह गरेको सुस्मिताले बताइन् ।
यसअघि अनमोलले विभिन्न कार्यक्रममा आमा बुबा मिलाएर राख्ने अभिव्यक्ति दिएका थिए । अभिनयमा सबैको मन जित्न सफल अनमोलले आमाबुबाको मन जितेर मिलाउन भने सकेनन् ।
Comments are closed.