सोम दियाली, सर्लाही :- यात्रुवाहक वसको ठक्करबाट सर्लाहीमा एक यात्रुको ज्यान गएको छ । आज(शनिवार) विहान अन्दाजी ७ बजे सदरमुकाम मलंगवाबाट नवलपुर तर्फ आईरहेको ना२ख ४५०८ नम्बरको वसले किच्दा हरिपुर नगरपालिका ५ वस्ने वर्ष ४८ का अवास मंसुरको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रोकि राखेको वसमा चढ्न खोज्दा एक्कासी वस हिडे पछि मंसुरलाई वसले किचेको थियो । उनको घट्ना स्थलमै मृत्यु भएको हो । उनको शव पोष्ट माटमको लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।
मंसुरलाई ठक्कर दिने वस र त्यसका चालक ईलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी प्रमुख राजकुमार शाहीले जानकारी दिनु भयो ।
Comments are closed.