Nepal's First Video FM

फिलिपिन्समा आएको शक्तिशाली समुद्री आँधीमा १४ जनाको मृत्यु, ४२ स्थानमा पहिरो

844

भदौ ३१, एजेन्सी । समुद्री आँधी म्याङकुटका कारण फिलिपिन्समा १४ जनाको मृत्यु भएको छ । आँधीले देशको उत्तरी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । फिलिपिन्सको लुजोन द्वीप तहसनहस पारेर म्याङकुट आँधी अब पश्चिम चीनतर्फ बढिरहेको छ ।

आँधीले उत्तरी फिलिपिन्सका घरको छत उडाएको छ भने ठूलो संख्यामा रुख ढलेको छ, र ४२ स्थानमा पहिरो गएको छ । आँधी, वर्षा र बाढीका कारण करिव ५० लाख जनता प्रभावित भएका छन् भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

विश्व मौसम बिज्ञान संगठनका अनुसार यो आँधी यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी हो । पूर्वानुमान अनुसार आइतबार दिउँसोसम्म म्याङकुट आँधी हङकङ नजिक आइपुग्नेछ । साथै मकाउमा पनि मानिसहरु म्याङकुटबाट बच्न प्रयासरत छन् ।

आँधीको असर मंगलबारदखि कम हुने बताइएको छ । फिलिपिन्सको इतिहासमा अहिलेसम्मकै खतरनाक आँधी सन् २०१३ मा आएको थियो, जसका कारण ७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

यस आँधीको सामना गर्नका लागि फिलिपिन्स प्रशासनले अघिल्ला वर्षहरुको तुलनामा बढी तयार रहेको बताएको छ । यता चिनियाँ प्रशासन पनि यस आँधीको सामना गर्न तयार छ र जनतालाई सतर्क बनाइसकेको छ ।

You might also like

Comments are closed.