माघ ९ । ह्याप्पी रेकर्डको प्रस्तुति “तिम्रो ल्याङ्ग ल्याङ्ग” नामक युवापुस्ताको जिवनीका साथै जिवन जिउन सिकाउने बिषयबस्तु जोडेको युटुब टेलिसिरियल ह्याप्पी रेकर्ड नेपालको युटुब च्यानल मार्फत आब तेस्रो भाग हेर्न सकिनेछ । छोटो समयमा चर्चा बटुल्दै गएको “तिम्रो ल्याङ्ग ल्याङ्ग”को भाग -२ युटुब ट्रेन्डीङमा पनि पर्न सफल भएको थियो ।
सुजन मानन्धरको निर्देशनमा रहेको “तिम्रो ल्याङ्ग ल्याङ्ग” मा सुमन चित्रकार श्रेष्ठ , एरिना गुरुङ , सपना तामाङ , सिरन बज्राचार्य, निश्चल जंग, किरण स्यान्तन, बिबेक श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ । प्रशारित ३ वटै एपिसोडबाट अत्यधिक चर्चा बटुल्न सफल रहेको वेव सिरिजमा दुइटा भिन्न भिन्न सोचाइ भएका प्रेमीहरुको गहिरो माया-प्रेमलाई देखाइएको छ ।
लीड रोलमा रहेका ‘सुमन चित्रकार श्रेष्ठ’को पनि निकै चर्चा कमाइ राखेका छन् । सानै देखि नेवारी टेलिसिरियल काम गर्दै आएका कलाकार तथा एकदमै चर्चित कार्यक्रम प्रस्तोता रहेका सुमन चित्रकार श्रेष्ठको शारीरिक बनावटको पनि निकैनै चर्चा भैरहेको छ । उनलाई नेपाली चलचित्रको नायक ‘सौगात मल्ल’जस्तै देखिने कलाकारको रुपमा पनि दर्शकहरुले हेर्न थालेका छन् ।
“तिम्रो ल्याङ्ग ल्याङ्ग”लाई स्पन्सर नेप्कम्स सर्विसले गरेको छ भने मीडिया पार्टनरमा सिटिजन एफएम ९७.५(citizen FM) र फिल्मीजूम रहेका छन् ।
Comments are closed.