Nepal's First Video FM

निरन्तर उकालो लागेको सुनको भाउ तिजपछी घट्यो, आज यति मूल्यमा कारोबार हुँदै !

106

भदौ ३१, तीजअघि निरन्तर उकालो लागेको सुन चाँदीको भाउ अहिले भने घटेको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा बिक्री भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५८ हजार रुपैयाँ थियो ।

त्यस्तै तेजाबी सुन प्रतिताेला ५७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । संघका अनुसार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । चाँदी आइतबार प्रतितोला ७ सय १० रुपैयाँमा किनबेच भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.