भदौ ३१, कुमारी बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपाल १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि कुमारी बैंक लिमिटेड र टिच फर नेपाल बीच सहकार्य भएको हो । टिच फर नेपालसँग सहकार्य गर्दै कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ्ग, ललितपुर, धनुषा जिल्लामा हुँदै आएको यस अभियानलाई निरन्तरता दिन सहयोग गर्नेछ ।
यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूले २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा प्रशिक्षण दिने गरेका छन् ।
सन् २०१३ सालमा ललितपुरको ग्रामिण क्षेत्रमा ३३ जना शिक्षकहरुले सुरु गरेका अभियानलाई २०१४ मा सिन्धुपाल्चोक र २०१५ मा धनुषा जिल्लामा समेत बिस्तार गरिएको थियो । यस अभियानमा हालसम्म २ सय ७० जनाभन्दा बढी शिक्षकहरूले सामुदायिक विद्यालयहरूमा प्रशिक्षण दिइसकेका छन् ।
३ जिल्लामा ४० सामुदायिक विद्यालयका ९ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको छ । हाल १ सय १० जना शिक्षकहरूले ५१ सामुदायिक विद्यालयहरूमा १० हजार विद्यार्थीहरुलाई प्रत्यक्ष रूपमा प्रशिक्षण गराइरहेका छन् ।
Comments are closed.