Nepal's First Video FM

गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

448

फाल्गुन १, गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई बाबाहरु समेतरहेका छन् ।
पक्राउ परेका सबैलाई प्रहरी वृत, गौशालामा राखिएको छ । आज शिवरात्रिको दिन तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ । त्यसमा मध्येमा १ सय ५० जना सादा पोशाकका महिला प्रहरी छन् ।

You might also like

Comments are closed.