Nepal's First Video FM

पशुपतिनाथ मन्दिरमा भगवानको दर्शन भन्दा गोविन्दाको दर्शन गर्नेको भिड

1,099

भदौ ३१, बलिउड सुपरस्टार गोविन्दा नेपाल आएका छन् । आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन् ।

उनको नेपाल बसाइ ३ दिनको हुनेछ । बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए ।

नेपाल बसाईको क्रममा आइतबार उनले पशुपतिनाथको दर्शन गरेका छन् । बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए । गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन् ।

यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए । आफ्नो गज्जवको डान्स स्टाईल र कमेडीका माध्यामबाट दर्शकको मनमा राज गरेका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन् ।

You might also like

Comments are closed.