Nepal's First Video FM

तीज सकिने बितिकै आयो शर्मिला गुरुङले गाएको मौलिक सालैजो गीत “हेर्नुहोस”

855

काठमाडौं-नेपाली गीत संगीतमा विभिन्न विधाका गीतहरु सार्वजनिक भइरहेका छन । विशेष त चाडपर्वलाई मध्यनजर गर्दै गीतहरु सार्वजनिक भइरहेका बेला शर्मिला गुरुङ र हर्ख सिँ गुरुङको सालैजो घुमाउने घर भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट लय तथा सोहि अनुसारको शब्द समेत रहेको सो गीतमा खोट लगाउने कुनै ठाँउ छैन । गायक हर्ख सिं गुरुङकै लय तथा शव्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।पृथ्बी इन्टरटेकमेन्टबाट बजारमा आएको यो गीत पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल छ।।

रिना थापा र अमर तमुको उत्कृष्ट नृत्य रहेको सो गीतलाई एक्सन कट भने लोकप्रिय निर्देशक प्रकाश भट्टले गरेका हुन ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

You might also like

Comments are closed.