Nepal's First Video FM

मेस्सीको ह्याट्रिक बार्सिलोनाको सानदार जित,

604

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा सानदार जित निकालेको छ । मेसी कप्तानीमा रहेको बार्सिलोनाले समूह बी अन्तर्गतको आफ्नो पहिलो खेलमा नेदरल्याण्डसको क्लब पीएसभी एन्धोवेनमाथि ४–० को फराकिलो अन्तरको जित निकालेको हो ।

घरेलु मैदान क्म्पनाउमा भएको खेलमा बार्सिलोनाको जितका लागि कप्तान मेसी ह्याट्रिक गरे । भने एक गोल डेम्बेलेले गरे । पहिलो हाफमा फ्रिकिकमार्फत गोल गरेका मेस्सीले दोस्रो हाफमा दुई उत्कृष्ट फिनिस गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

३१ औँ मिनेटमा मेसीले फ्रिकिक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७४ औँ मिनेटमा डेम्बेलेले दोस्रो गोल गरी अग्रता दोब्बर बनाए । ७७ औँ मिनेटमा मेसीले दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । मेसी ले ८७ औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरे । यो ह्याट्रिक मेसीको खेल जीवनको ४८ औँ ह्याट्रिक हो । भने च्याम्पियन्स लिगमा आठौँ ह्याट्रिक हो ।

यस ह्याट्रिकसँगै मेसीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने सुचिमा रोनाल्डोलाई उछिनेका छन् । पोर्चुगिज स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा ७ पटक ह्याट्रिक गरेका छन् । मेसी र रोनाल्डो यस खेलअघि बराबर रहेपनि मेसीले तेस्रो पटक समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गर्दै उक्त रेकर्डमा आफ्नो नाम कायम गरे ।

You might also like

Comments are closed.