Nepal's First Video FM

फिल्म ‘कथा काठमाण्डू’ले सेन्सरबाट पायो यस्तो पत्र ! असोज १२ गतेबाट रिलिज

599

असोज ३, इन्टीमेन्ट दृश्यका कारण चर्चा र विवादमा परेको फिल्म ‘कथा काठमाडौ’ले सेन्सर पास भएको छ । ट्रेलर हटाउन विकास बोर्डबाट पत्र समेत काटिएको फिल्मको सोमबार सेन्सर पास भएको हो । यो फिल्मलाई सेन्सरले पीजी प्रमाण पत्र दिएको छ ।

‘रातको कुरा’ बोलको गीत रिलिज देखि नै कथा काठमाण्डू विवादमा फसेको थियो । यद्पी सेन्सर पास भएर यो फिल्म प्रदर्शनमा आउने भएको छ । धेरैले यो फिल्मलाई सेन्सर एडल्ट सटिफिकेट पाउँछ भन्ने अड्कल काटेका थिए ।

पीजी सटिफिकेट प्राप्त फिल्म हेर्न १६ वर्ष भन्दा मुनिका दर्शक अभिभावको निगरानीमा जानुपर्ने हुन्छ । निर्देशक संगीता श्रेष्ठले राजधानी भित्रको हिंसाको घटनालाई पर्दामा प्रस्तुत गरेकी छन् ।

विजय राईको लगानी रहेको यस फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी र आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी तीन जोडीको अभिनय रहेको छ । लुज सिंहले छायांकन गरेको फिल्मलाई भने मित्र गुरुङले सम्पादन गरेका छन् । यस फिल्म असोज १२ गते रिलिज हुँदैछ ।

You might also like

Comments are closed.