असोज ३, भारतको चर्चित रियालिटी सो बाट चर्चा कमाएका सुजन मार्फा तामाङको एलिड २० क्रिउ र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देखिएको छ ।
‘रेलीमाई’ बोलको म्युजिक भिडियोमा दुई समूहसँग मोडल तथा नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छन् । दीपक आचार्यको शब्द तथा मिष्टर आरजेको संगीत रहेको गीतमा महेश भण्डारी र मिष्टर आरजेको स्वर छ भने गीतमा र्याप पनि राजेन्द्र भट्ट (मिस्टर आर जे)ले नै भारेका छन् ।
‘रेलिमाई…’ बोलको गीतको भिडियो निर्देशन दीपक आचार्यले गरेका छन् । रवीन्द्र बरालको छांयाकन रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियोमा आँचल शर्मा, भिमफेदी गाइज (अन्जान मोक्तान, मिथुन लामा) राव भुजेल, सुजन मार्पा तामाङ, सुनिल मार्पा तामाङ, सन्जीव तामाङ सँगै बाल कलाकार यश दिप आचार्य, आशिस धिताल, संदेश खनाल, सुभम थापा, हेमन्त शाह, आकाश शाह, तृष्ण शर्मा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो;
Comments are closed.