काठमाडौं । राजधानको चोकहरुमा १२ वटा ट्राफिक बत्तीहरु जडान तथा मर्मत गर्न थालिएको छ ।
थप ९ वटा चोकमा ट्राफिक बत्ती जोडिने भएको हो । सडक विभागका अनुसार ९ वटा चोकमा १२ वटा बत्तीहरु राख्न लागिएको छ । बल्न छाडेका बत्तीलाई फेरी प्रयोगमा ल्यउनको साथै केही चोकमा नयाँ लाइटहरु पनि राखिने ट्राफिक इकाइ प्रमुख दीप बिरहीले बताएका छन् । गौशाला,मित्रपार्क,थापाथली,सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी लगाएतका ठाउँहरुमा नयाँ ट्राफिक लाइट राखिने भएको हो ।
थापाथलीमा ट्राफिक लाइट मर्मतको काम सुरु भइसकेको बिरहीले जनाए।
You might also like
Comments are closed.