Nepal's First Video FM

हेर्नुस ‘इन्टु’ (धिरज) र ‘मिन्टु’ (साम्राज्ञी)को साल्सा डान्स (भिडियोसहित)

790

रिलिज मिति नजिकै फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ‘आई एम इन्टु, सि इज मिन्टु’ शिर्ष गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा गीतमा फिल्मका मुख्य कलाकार नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साल्सा डान्स गरेका छन् ।

सुजिल कर्मचार्यको शब्द, संगीत र स्वर रहेको सार्वजनिक गीतमा श्रेया सोताङको फिमेल भोकल छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका छन् । यसअघि फिल्मका तिन गीत ‘उडायो हावाले’, ‘लण्डनमा’ र जुरायो जुरायोसँगै ट्रेलर नै सार्वजनिक भइसकेका छन् ।

रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी, धिरज मगरसँगै शारुक ताम्राकारको मुख्य भूमिका छ भने विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ । फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

You might also like

Comments are closed.