Nepal's First Video FM

अन्ततः जाेडियाे निर्मला पन्तकाे परिवार ! पुरा पढ्नुहोस

596

निर्मला पन्तको हत्या भएपछि निर्मलाको सिंगो परिवार एकै ठाउँमा बस्न थालेका छन्। १२ वर्षपछि निर्मलाको परिवार एकै ठाउँमा जोडिएको हो।

दुई श्रीमती पति यज्ञराज पन्त कान्छी श्रीमतीसँग छुट्टै बस्दै आएका थिए। जेठी श्रीमती दुर्गाबाट जन्मिएकी निर्मला माइली छोरी थिइन्।

साउन १० गते निर्मला नभेटिएपछि राती १२ बजेसम्म गाउँकै अन्य छ/सात जनासहित निर्मलाकी आमा दुर्गादेवी पन्त निर्मलाको खोजीमा भौतारिए। तर, १० गते रातभर खोज्दा पनि निर्मला फेला परिनन्।

निर्मला हराएको दिन गरुपूर्णिमा समेत परेकाले बिहानै निर्मलाका बुबा यज्ञराज पन्त भारतको गुरुधाम गएका थिए। छिमेकीले निर्मलाको शव भेटिएको खबर गरेपछि गुरूको दर्शन गर्न भारत पुगेका निर्मलाका बुबा यज्ञराज पन्त साउन १२ गते बिहानै निर्मला बस्दै आएको घर पुगेका थिए। १२ वर्षपछि निर्मलाको सिंगो परिवार निर्मला बस्दै आएको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीमा बस्न थालेका छन्।
अहिले एकै परिवारमा बस्दै आएका छौं, त्यतिबेला उहाँहरु कञ्चनपुरको भासीमा बस्नुहुन्थ्यो। मेरा तीन छोरी थिए। घर अगाडि स्कुल छ। सबैतिर सजिलो भएर यता बस्थ्यौं’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘निर्मलाको हत्या भएपछि अहिले सबै परिवारसँगै छौं।’

निर्मलाको हत्या हुनु अघिसम्म निर्मलाका बुबा कान्छी श्रीमतीसहित कञ्चनपुरको भासीमा बसोबास गर्दै आएका थिए। तीन छोरीसहित दुर्गादेवी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकामा बस्दैं आएकी थिइन्। कञ्चनपुरको भासीमै निर्मलाका बुबा ठेलामा व्यापार गर्दै आएका थिए। बुबा यज्ञराज पन्तका कान्छी श्रीमतीबाट ९ वर्षका छोरा छन्। दुर्गादेवीबाट जन्मेका तीन छोरीमध्ये जेठी छोरी १५ र कान्छी छोरी ११ वर्षकी छन्।

१२ वर्षदेखि दुई परिवारमा विभाजित निर्मलाको सिंगो परिवार अहिले निर्मलाको न्यायका लागि लडिरहेको छ। परिवारसँगै सिंगो देश पनि निर्मलाको न्यायका लागि लड्दैछ।

‘मैले भोगेको घरको पीडा जे जस्तो थियो त्यो त छदैं छ। त्यो भन्दा अहिले हामीलाई न्याय चाहिएको छ’ दुर्गादेवीले भन्छिन्, ‘गएको दुःख निकाल्न सकिदैंन, तर अबको सुख चाँहि निर्मलालाई न्याय दिएपछि मात्रै मिल्नेछ।’rmkhabar

You might also like

Comments are closed.