असोज ४, सडक विस्तारका कारण राजधानीको बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बालाजु क्षेत्रमा आवश्यकता अुनसार बिजुली जाने प्राधिकरणको बालाजु वितरण केन्द्रले जनाएको छ ।
बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए ।
बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा भोलि बत्ती जाने छ ।
बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि भोलि बिजुली अनियमित हुने प्राधिकरणले जनाएको छ ।
Comments are closed.