मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुर गाडी चलाउन तयार भएका वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।
सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ । भोलिबाट भने इन्धन जुनसुकै ठाउँबाट पनि सजिलै उपलब्द हुने जानकारी प्राप्त भएको छ !
Comments are closed.