फाल्गुन १, भक्तपुर सांगीतीक समाजले प्रणय दिवसको अवसर पारेर फागुन २ गते सांगीतीक कार्यक्रम अयोजना गर्ने भएको छ ।
भक्तपुरका गायकगायिक तथा संगितकर्मीलाई भेला गरि यस्तो कार्यक्रम आयोजना गरिन लागिएको हो । कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्यका अनुसार कार्यक्रम भ्यालेन्टाइन डेको गलत प्रयोगलाई सही उपयोगितामा ढाल्न यस्तो कार्यक्रम आयोजना गरिन लागिएको हो ।
कार्यक्रम साझ ४ बजेदेखि सूरु हुनेछ । सो कार्यक्रम मनोरञ्जनको लागि मात्र नभई नयाँ नयाँ प्रतिभाहरुको पहिचान तथा प्रतिभा प्रस्फुटन समेतका लागि रहेको हुनाले धेरै भन्दा धेरै सङीत प्रेमी सहभागि गराउने संस्थाको उद्देश्य रहेको संयोजक बज्राचार्यले बताउनुभयो ।
समाजका अध्यक्ष प्रवीण शाहीले प्रणय दिवसको अवसर पारेर समाजले भक्तपुर नपा ५ गपाली स्थित भक्तपुर पाटी भेन्यूमा सांगीतीक कार्यक्रम गर्न लागेको र सहभागिका लागि सबैलाई आग्रह गर्नुभएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.