Nepal's First Video FM

एक लाख घुस लिँदै गर्दा महानगरका अधिकृतसहित तीन पक्राउ

636

घुस लिँदै गर्दा वीरगन्ज महानगरपालिकाका शिक्षा शाखाका अधिकृतसहित तीन जना पक्राउ परेका छन् । हेटौडा कार्यालयबाट खटिएको अख्तियारको टोलीले एक लाख रुपैयाँ घुससहित उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शाखा अधिकृत मन्जुर आलम, प्राविधिक सहायक नायबसुब्बा शशीभूषणप्रसाद साह र शशीभूषणका भान्जा अरुण साह छन्। बहुअरीस्थित पुरकन इन्टरनेसनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रयोजनका लागि विद्यालय सञ्चालक एकबाल हैदरसँग लिएको एक लाख रकमसहित पक्राउ गरेको हो।

विद्यालय सञ्चालकसँग घुस लिँदै गर्दा अरुणलाई अख्तियारको टोलीले सुरुमा लाठगल्लीबाट नियन्त्रणमा लिएको थियो। उनको बयानका आधारमा अख्तियारको टोलीले शाखा अधिकृत आलम र नायबसुब्बा शशीभूषणलाई महानगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

You might also like

Comments are closed.