Nepal's First Video FM

निर्मलाको कोठामा भेटियो उनले गरेको यस्ता रहस्यमय क्रियाकलाप (हेर्नुहोस भिडियो)

1,723

निर्मला पन्त बलत्कार पछी हत्या भएको पनि दुई महिना पुग्दा पनि अझै पत्ता लागेको छैन । निर्मला पन्त हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै देशी भरि विरोध भैराखेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दै गएपनि सरकारले भने कानमा तेल हालेर बसेको छ ,झुठा आश्वासन दिदै जनतालाई ढाडस दिदै आएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै भएको प्रदर्शनमा कन्चनपुरमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान समेत गएको थियो भने दर्जनौ भन्दा बढी घाईते भएका थिए ।
बुवा यज्ञराज पन्त र आमा दुर्गा देबी पन्तको कोखाबाट २०६१ साल मसिर महिनाको २६ गते जन्मेकी पन्तले यति बेला सन्नाट छाएको छ भने अझै पन्त परिवार सहित देश नै आशुमा डुबेको छ । निर्मला पन्तको शिक्षक बनेर समाज सेवा गर्ने ईच्छा भने पुरा हुन् सकेन । २०७५ साउन १० गते बलात्कार पछी हत्या गरिएकी पन्तका आमाबुवा न्याय खोज्न कंचनपुर देखि काठमाडौं पुग्दासम्म न्याय नपाएको र सरकारले आखामा छारो हाल्ने काम गरेको गम्भीर आरोप पन्तका आफन्तले लगाएका छन् । मेरो छोरीको बलात्कार पछी हत्या भयो तर दोषी भने अझै पत्ता लागेन । यो पिडा मेरो मात्र नभएर सबै चेलीको पिडा हो,बलात्कारी पत्ता न लगाउने हो भने निर्मला पन्त जस्तै अरु चेलीको पनि यस्तै हालत बनाउने छन् भन्दै निर्मलाकी आमाले दुखेसो पोखेकी छ । जताततै विरोधसभा भए पनि अझै दोषी पत्ता नलाग्दा यो घटना झन् रहस्यमय बन्दै गएको छ । कहिले पाउलिन निर्मला पन्तले उन्मुक्ति र कहिले पाउछिं न्याय : हेर्नुहोस भिडियो :

You might also like

Comments are closed.