Nepal's First Video FM

कन्चनपुरमा फेरी ६ वर्षकी बालिका बलात्कृत, छोरीले पोल्यो भनेर आमाले कपडा खोलेर हेर्दा यौनीबाट बगिरहेको थियो रगत……

703

कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै फेरि अर्को घटना भएको छ । बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।उक्त ६ वर्षीया बालिकाको विद्यालयको टिफिन समयमा कक्षा कोठामै बलात्कार भएको हो । कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा कक्षा कोठामै बलात्कार भएको पीडित परिवारले बताएका छन् । बालिका बलात्कृत भएपछी १ बजेतिर विद्यालयबाट घर आएर भात खाएपछि सुतिन्,’आमाले भनिन्,छोरीले पोल्यो भन्न थालेपछि छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि सोधेँ ।’

साथीको दाईले लडाएर बलात्कार गरेको छोरीले बताएपछि घटना थाहा पाएको आमाले बताइन् ।बिहीबारै आमाले प्रहरीलाई खबर गरेपछी तुरुन्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय बालकलाई पक्राउ गरेको छ ।विद्यालयमा घटना घटेको हो वा हैन भन्ने विषयमा आफूलाई थाहा नभएको विद्यालयका प्रधानाध्यापक दीपेन्द्र चौधरीले बताएका छन् । बालिकाको बयान अनुसारका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सिंहलाई पक्राउ गरिएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुँवेर कडायतले मेडिकल रिर्पोटअनुसार घटना बारे विस्तृतमा खुल्ने बताए । बालिकालाई भने साँझ करिब ६ बजे महाकाली अञ्चल अस्पताल लगिएको छ ।

You might also like

Comments are closed.