फागुन २, नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडाको तेस्रो विकेट लिएको छ । प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् ।
उनले १७ औं ओभरको अन्तिम बलमा क्यानडाका धानुका पथिरानालाई आउट गरेका हुन् । यसअघि सन्दीपले क्यानडाका कप्तान नितिस कुमारलाई ५ रनमा आउट गराएका थिए ।
त्यस्तै, बसन्त रेग्मीले नेपालाई पहिलो विकेट दिलाएका थिए । बसन्तले रुभिन्दु गुनासेकेरालाई ९ रनमा आउट गराएका थिए । अहिले क्यानडाको १८ ओभरको समाप्तिमा ६७ रन बनाएको छ ।
Comments are closed.