आज सामाजिक सञ्जाल युट्युवमा हरेक मिनेट ३ सय घण्टाभन्दा बढी भिडियोहरु अपलोड हुन्छन् । युट्युव विशेष गरेर युवाहरुमाझ अति नै चर्चित रहेको छ तर युट्युवको शुरुवात भने केवल १० वर्ष अघि मात्र भएको थियो ।
आज सम्म आउदा यस युट्युव भित्र करोडौं भिडियोहरु सञ्चित गरीएका छन् । यी करोडौं भिडियो मध्ये युट्युवमा पहिलो पटक अपलोड भएको भिडियो कुन होला ?
युट्युवमा पहिलो पटक अपलोड गरीएको भिडियो ‘मि एट दि जु’ नामक भिडियो थियो । यो भिडियो सन् २००५ अप्रिल २३ तारिख साझ ८ बजेर २७ मिनेटमा सनिवारको दिन अपलोड गरिएको हो । उक्त भिडियोमा एक युवकलाई चिडियाँखानामा हात्तीहरु हेरिरहेको देख्न सकिन्छ ।
हात्ती सँग देखिने यी व्यक्ति नै युट्युबको सह निर्माता जावेद करिम हुन् । यो भिडियो रेकर्ड गर्ने उनकै स्कुलका साथि याकोभ लापिट्स्काइ (Yakov Lapitsky) हुन् ।
२४० पी को उक्त भिडियो अउपलोड गर्ने युवक थिए युट्युवका सह निर्माता जावेद करिम । जब गुगलले युट्युव किन्यो उनले १३७,४४३ कित्ता सेयर हात पारे जसको मूल्य ६ करोड ४० लाख मिलियन डलर रहेको छ ।
Comments are closed.