फागुन २, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले चौथो विकेट लिएको छ ।
वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् ।
क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।
नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू को अंक तालिकाको तेश्रो स्थानमा रहेकाले शीर्ष दुईमा रहन नेपाललाई जित्नै पर्ने दवाव छ । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।
समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।
नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएईमध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ ।
शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले बुधबार हुने खेलमा क्यानडालाई हराउनै पर्ने दवाव बढेको छ ।
Comments are closed.