Nepal's First Video FM

आज – ०८ आश्विन २०७५ सोमवारको राशिफल

519

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकाएको भय रहनेछ । नाक तथा घाँटीमा समस्या आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुयाएर कार्य गर्नु होला ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । भौतिक साधन जुटाउने समय छ । सेयरको करोबमा फाईदा हुनेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मध्यम खाले दिन छ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायी यात्रा हुनुका साथै स्थान परिवर्तनको योग रहेको छ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अवसर आउनाले मन प्रसन्न रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । स्वास्थ्यमा समस्या आउला । महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् । मान सम्मान पइनाले मन प्रशन्न रहला । कुटुम्बले राम्रो सहयोग गर्ने छन् ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ व्यक्तिसंग भेट हुनेछ । महिला वर्ग बाट सहयोग पाइएला । आँटेको र ताकेको कार्य पुरा होला ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) झिनामसिना घरायसी कामको चाप बढ्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । गुप्त र मानसिक रोगले सताउन सक्छ । स्वास्थ्य प्रतिकूलता रहन सक्छ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला । मुद्दा मामिला आइलाग्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनोरञ्जनमा सहभागीता भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अरुको मन जित्न सकिनेछ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । जग्गा जमिन तथा सवारी साधन खरिद विक्रीको योग रहेको छ । hamro patro

You might also like

Comments are closed.