Nepal's First Video FM

असोज २१ देखि नयाँ नोट साट्न सकिने , प्रतिव्यक्ति २७ हजार

672

असाेज ८, नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइने बताए । ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरुले नायँ नोट सटही गरेका थिए । राष्ट्र बैंले २१ असोजदेखि नयाँ नोट सटही खुल्ला गर्ने भएपनि वाणिज्य बैंकहरुलाई भने १२ असोजमै उपलब्ध गराइने प्रवक्ता पौडेलले राजधानीलाई बताए ।

साथै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट सटही गर्ने प्रवक्ता पौडेले बताए । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । त्यसैगरी,कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ ।

त्यस्तै,राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर,सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । गत वर्ष नेपाल बैंक ,राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिएको थियो ।

गत वर्ष पनि वाणिज्य बैंकहरुले सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, न्युरोड,बालाजु सानोठिमी, विशाल बजार,गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार नक्सा लगायतका स्थानबाट नायँ नोट सटही सुविधा उपलब्ध गराएका थिए । सर्वसाधारणले सहज रुपमा नयाँ नोट साटहीका राष्ट्र बैंकको थापाथली बाहेक अन्य वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको थियो ।
राजधानीबाट

You might also like

Comments are closed.