Nepal's First Video FM

डिस्कोबाट सई पक्राउ, झगडाको साथै हतियार प्रदर्शन गरेको आरोप

430

फागुन २, मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमार्गस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए । सो क्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।

श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौंँ महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । रासस

You might also like

Comments are closed.