Nepal's First Video FM

सुन तस्करी प्रकरणः पूर्व डिआइजी गोविन्द निरौला पनि छुटे

713

बिहीवार भएको बहस पछि उच्च अदालत विराटनगरका न्यायाधीशहरु सारंगा सुवेदी र जनक पाण्डेको चार नम्बर नम्बर इजलासले प्राप्त प्रमाणका आधारमा आरोपित कसुर र सजायको मात्रा र प्रकृतिलाई दृष्टिगत गर्दा पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने देखिएकोले जिल्ला अदालत मोरङको आदेश बदर गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी राज कुमार दाहालले जानकारी दिनुभयो ।

उच्च अदालत विराटनगरमा बिहीवार अदालती बन्दोबस्तीको १७ नम्बर अनुसार १८ वटा निवेदन पेशी भएकोमा १७ वटा हेर्न नभ्याइने भन्दै स्थगित गरिएको छ । यस अघि उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनी, निलम्बित एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गरेको छ भने रामकुमार तिवारीलाई ५ लाख धरौटीमा रिहा गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सो प्रकरणमा पक्राउ परेकाहरुलाई आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान अभियोगमा मुद्दा दायर गरेकोमा पुर्पक्षका लागि सुनसरी क्षेत्रीय कारागारमा थुनामा रहेका छन् ।

You might also like

Comments are closed.