चाडवाडको मुखमा सरकारले पेट्रोलिएम पदार्थको मुल्यमा २ रुपैयाँ वृद्धि गरेको छ । इन्धनको मुल्य वृद्धि हुँदा साथ यातायात व्यवसायीले सवारी नै ठप्प पारेपछि सरकारले पुन सार्वजनि यातायातको भाडमा १० प्रतिशतले वृद्धि ग¥यो ।
यातायातको भाडा बढेको बाहानामा बजार नुनदेखि सुनको मुल्य वृद्धि भएको छ । हुँदा हुँदा सरकाले विदेशबाट आउने चिनीको कोटा तोकेपछि चिनिको समेत मुल्य बढेको छ ।
नेपालमा उत्पादित चिनीले आयातित चिनिसँग प्रतिस्पर्दा गर्न नसकेको भन्दै वार्षीक १ लाख टन मात्रै चिनी आयात गर्न सरकराले कोटा तोकेको थियो । जसका व्यापारीहरुले कृत्रिम अभाव खडा गरी चर्को मुल्यमा बिक्री गरिरहेका छन् । अहिले खुद्रा व्यापारीबाट सर्वसाधारणले ९० रुपैयाँसम्ममा प्रति केजी चिनी किन्न बाध्य हुने गरको छन् ।
यस बाहेक तरकारीको मुल्य निरन्तर उकालो लागेको छ । साथै लत्ता कपडाको मुल्य पनि बढीरहेको छ ।
Comments are closed.