Nepal's First Video FM

निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : नेता पौडेल

664

असाेज १२, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भीर आरोप समेत लगाए।

निर्मला हत्याकाण्डका दोषीलाई कानूनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दाबी छ। युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहिबार स्वदेश फर्केका भएको वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमल सञ्चारकर्मीमाझ बूढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरूको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे। वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरूलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरूको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराए। १० दिन लामो युरोपको बसाइका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए।

सेताेपाटी बाट

You might also like

Comments are closed.