Nepal's First Video FM

१ नं प्रदेशको मुख्यमन्त्रीमा एमालेका शेरधन राई नियुक्त

746

फागुन २, प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले मङ्गलबार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ ।

You might also like

Comments are closed.