Nepal's First Video FM

गौचन हत्याकाण्डका मुख्य सुटर पक्राउ

967

माघ ९, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर श्याम गोम्बेलाई प्रहरीले आज प्रक्राउ गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज(मंगलबार) बिहान गोम्बेलाई पक्राउ गरेका हुन् । गौचनको गत असोज २३ गते काठमाडौंमा उनकै गाडीमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।

गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार रहेका छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् ।

यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेका छन् ।

You might also like

Comments are closed.