चलचित्र ‘राधा २’का लागि अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अनुबन्धित भएका छन् । प्रेम समबन्धमा रहेको खबर बाहिरिए देखि नै धेरै मेकर्सहरु प्रियंका र आयुष्मानलाई लिएर चलचित्र निर्माण गर्ने सोचमा छन् । केही चलचित्रमा यी दुई सँगै काम पनि गरिसकेका छन् भने हाल यी दुईले अभिनय गरेको फिल्म ’कथा काठमाण्डू’ प्रदर्शन भइरहेको छ ।
योगेश घिमिरेले निर्देशन गर्ने चलचित्र ‘राधा २’मा प्रियंकाको जोडी आफ्नै प्रेमी आयुष्मानसँग बाँधिने कन्फर्म भएको छ । कथाको माग अनुसार आयुष्मानलाई फिल्ममा लिएको निर्देशक धिमिरेले विभिन्न सञ्चार माध्यमलाई बताएका छन् । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने यस चलचित्रमा फेरि एकपटक यो रियल जोडीलाई देख्न पाइने भएको छ । news24
Comments are closed, but trackbacks and pingbacks are open.